चन्द्रप्रकाश नेपाली
घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले बार्षिक समिक्षा एवं सार्वजनिक सुनुवाई गरेको छ ।
वडा अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा नगर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
वडा कार्यालयले आर्थिक प्रगती ९५ प्रतिशत भएको जनाएको छ । जस अनुसार पूर्वाधार तर्फ ६६ लाख, विपत व्यवस्थापन तर्फ ९९ हजार ७ सय ३०, सामाजिक विकास तर्फ १८ लाख ४५ हजार ५ सय र चालु तर्फ १० लाख रुपैयाँ खर्च भएको वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिनुभयो ।
वडामा वडा स्तरीय एक करोड, नगर स्तरीय २ करोड ५६ लाख ७४ हजार ७ सय ७० रुपैयाँ, प्रदेश स्तरीय ३ करोड ५ लाख १५ हजार ४ सय र संघिय योजनाको ३ करोड ८४ लाख ६३ हजार ४ सय ७ रुपैयाँ गरि १० करोड ६६ लाख ५३ हजार ५ सय ४७ रुपैयाँ प्राप्त भएको उहाँको भनाई छ ।