डिभोर्सपछि आमिर र किरणले भने,’हामी खुसी छौं’ – Janadesh Daily | ePaper

डिभोर्सपछि आमिर र किरणले भने,’हामी खुसी छौं’


जनादेश, काठमाडौँ । डिभोर्स घोषणा गरेको एकदिनपछि ‘पानी फाउन्डेसन’को कार्यक्रममा सँगै भेटिएका बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले आफूहरु खुसी भएको अभिव्यक्ति दिएका छन् । गत शनिबार बिहेको १५ वर्षपछि उनी दुईले संयुक्त रुपमा डिभोर्स घोषणा गरेका थिए ।

‘तपाईंहरुले हाम्रो घोषणा त सुन्नु भयो होला । तपाईंहरु कतिको चित्त पनि दुख्यो होला । मन परेन होला । तर हामी दुई एकदम खुसी छौं । हाम्रो सम्बन्धमा केही परिवर्तन आएको हो तर हामी दुई एकसाथ छौं । हाम्रो खुसीको लागि प्रार्थना तपाईंहरु प्रार्थना गर्नुहोस्,’ कार्यक्रममा आमिरले भनेका छन् ।

किरणले भने आमिर र आफू भोलिको दिनमा सँगै काम गर्ने बताएकी छन् । ‘तपाईंहरुलाई आश्वासन दिन चाहन्छौं कि हामी दुई सँगै काम गर्नेछौं,’उनले भनिन् । सन् २००५ मा बिहे गरेका उनी दुईको आजाद नामको एक छोरा छन् । संयुक्त बयानमा सार्वजनिक गर्दै दुवैले मिलेर उक्त छोरालाई हुर्काउने कुरा गरेका थिए ।

‘यो १५ सालमा हामीले एक साथ जीवनभरको अनुभव, खुसी र हाँसो साट्यौं । हाम्रो सम्बन्धमा विश्वास, सम्मान र माया बढ्यो । अब हामी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्न चाहन्छौं । पति पत्नीको रुपमा होइन, बच्चाको आमा र भुवा अनि परिवारको रुपमा,’बयानमा लेखिएको थियो ।

बयानमा उनी दुई ‘फिल्म’, ‘पानी फाउन्डेसन’ र अन्य प्रोजेक्टमा सहयोगी रुपमा काम गरिरहने पनि उल्लेख थियो । ‘हामीले केही समय पहिले छुट्टिने सुरुवात गरेका थियौं । त्यसलाई आज औपचारिक रुप दिनलाई सहज महसुस गरिरहेका छौं । हामी छोरा आजादप्रति समर्पित आमा बुवा हौं । उसको पालन पोषण मिलेर गर्नेछौं,’बयानमा थप लेखिएको थियो ।

आमिर र किरणको भेट ‘लगान’को सेटमा भएको भारतीय सञ्‍चारमाध्यमले लेखेको छ । त्यो फिल्ममा किरण सहायक निर्देशक थिइन् । किरणअघि आमिरले रीना दत्तसँग बिहे गरेका थिए । उनीहरूको सन् २००२ मा डिभोर्स भएको थियो । रीनाबाट आमिरको एक छोरा र छोरी छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्