माक्र्सवादी दृष्टिकोणमा विज्ञान र प्रविधि – Janadesh Daily | ePaper

माक्र्सवादी दृष्टिकोणमा विज्ञान र प्रविधि


१. भूमिका

मानिसले बाँच्नका लागि खानु पर्छ, जीवन सहज बनाउनका लागि आवास, लत्ता कपडा चाहिन्छ । यी कुरा प्राप्त गर्नु पर्दछ । उत्पादनको जोहो गर्ने क्रममा मानिसले औजारको निर्माण र प्रयोग गर्नु पर्दछ । आदि मानवले प्रयोग गरेका ढुगाका धारिला हतियार, धनुष बाँणदेखि कम्प्युटर र रकेटसम्म सबै औजार नै हुन् । मानिसले बाच्नँका लागि उत्पादन गर्ने क्रममा औजार बनाउँदै र विकसित भयो । हरेक औजार निर्माणमा निश्चित प्रविधि चाह्रिन्छ । यसर्थ भन्न सकिन्छ प्रविधिको प्रयोगले विज्ञान जन्मायो । सारांशमा भन्नु पर्दा विज्ञान सिद्धान्त हो, प्रविधि ब्यवहार हो । ब्यवहारले नै सिद्धान्त बनाउँछ र सिद्धान्तले ब्यवहारमा ब्यवहारमा परिमार्जन गर्छ । ब्यवहार र सिद्धान्तको दून्दूात्मक सम्बन्ध हुन्छ ।

१.१. जीव विकासको क्रममा मानवजातिको उत्पत्ति

विज्ञान पहिले जन्मियो या प्रविधि ? भन्ने प्रश्न वा जिज्ञासा कुखुरा पहिले कि अणडा ? भनेजस्तो भूलभूलैयाको कुरा हैन । हुन त कुखुरा पहिले कि अणडा ? भन्ने प्रश्न पनि भूलभूलैया हैन ईश्वरको अस्तित्व स्थापित गर्न चाहिने पण्डितहरुले गरेका कुतर्क हुन् यस्ता कुरा । अहिले पनि यस्ता कुतर्कहरु बिक्री भएकै छन् । पुराण या कुनै पनि धर्मग्रन्थ वाचन गर्ने वा धार्मिक प्रवचन दिने पण्डित, पादरी वा मौलवी जोसुकै होउन्, उनीहरु विज्ञानहरु झुठो प्रमाणित गरी इश्वरीय सत्ता स्थापित गर्नका लागि उटपट्या तर्क गर्छन् । त्यस्ता कुतर्कहरुका केही बान्की यस्ता हुन्छन् कालो गााईले पनि हरियो घासँ खाएर सेतो दिन्छ, रातो , खैरो वा सेतो गाईले पनि हरियो घाँस खाएर सेतै दूध दिन्छ । उस्तैखाले हरियो बोटको गुलाब कुनै रातो, कुनै गुलाबी, कुनै पहेँलो फुल्छ । हरियो बोटबाट फरकफरक रंगको फूल कसरी फूल्छ ? यही हो भगवानको लिला वैज्ञानिकहरुले बाँदरबाट मानिस विकसित भयो भन्छन् । यो सब झुठो कुरा हो । आजसम्म कुनै बाँदर्नीेले मान्छे पाएको देखिएको छैन । यो सबै क्षृष्टि भगवान , परमपिता , परमप्रभु वा ईश्वरले एकैपटक गर्नु भएको हो । एक धर्म सम्प्रदायका पण्डितले अर्काे धर्म सम्प्रदायका मतलाई गलत बताउँछन् तर विज्ञानका विरुद्ध तिनका कूतर्कहरु समानखाले हुन्छन् ।

जीव विकासको नियमअनुसार पलिा जीव नै जन्मियो अनि त्यसले अणडा पायो , अर्थात् पहिले कुखुरा जन्मियर नै अणडा जन्मिएको हो ।
पछिल्लो खोज अनुसार पृथ्वीको आजभन्दा करिब ४ अरब ५४ करोड वर्ष पहिले भएको मानिन्छ (United States Geological Survey, “Age of the Earth “,9 July 2007 ) । शुरुको तातो पृथ्वीसेलाउदै जाँदा उत्पन्न भएको वाष्पबाट करोडौं वर्षसम्म भएको वर्षाबाट समु्द्रहरु बने । पृथ्वमिा समुद्रहरु आजभन्दा ४ अरब ४१ करोड वर्ष पहिले अस्तित्वमा आइसकेको मानिन्छ (उही) । यसै गरी पृथ्वीमा ३ अरब ४८ करोड वर्ष पुरानो ब्याक्टेरियाको अस्तित्व भेटिएको छ(University of New South Wales (26 September 2019). “Earliest signs of life: Scientists find microbial remains in ancient rocks”. EurekAlert!. Retrieved 9 October, 2020) । अर्थात् त्यो शुक्ष्म जविाणु झण्डै ४ अरब ५ करोड वर्ष पहिले नै अस्तित्वमा थियो भन्ने मानिएको छ (उही) । झण्डै दुई अरब वर्ष पहिले नाभीकण (न्युकिलयस) भएको जीवाणु अस्तित्वमा आयो भनिन्छ । यसरी जीव नै पहिला आयो अनि त्यसले पुनरुत्पादन प्रक्रियाबाट वशं वृद्धि गर्न थाल्यो । हरेक प्राणीले अण्डा पार्छन्, कसैले अण्डा बाहिर निकालेर कोरल्छन् त कसैले अण्डालाई पेटभित्रै कोरल्छन् वा पेटभित्रै अण्डालाई बच्चाको रुपमा विकसित गर्छन् भन्न सकिन्छ ।

झण्डै ४ करोड वर्ष पहिले बानरहरुको पहिलो प्रजाति अस्तित्वमा आएको मानिन्छ । २ करोड ५० लाख वर्ष पहिले बानरहरुको नयाँ प्रजाति विकसित भएको मानिन्छ । १ करोड ८० लाख वर्ष पहिले बानरहरुको प्रजातिबाट ढेडुको छुटै प्रजाति विकसित भयो भनिन्छ । यसैगरी १ करोड चालिसलाख वर्ष पहिले बानरहरुको समूहबाट ओराङ ओटान अलग्गियो, ७० लाख वर्ष पहिले गोरिल्ला र चिम्पान्जीहरु अस्तित्वमा आए भन्ने मानिन्छ । यसै क्रममा झण्डै ६० लाख वर्ष पहिले नरबानर (मान्छे जस्तो देखिने बानर) ले आफूलाई बानरहरुको समूबाट अलग गयो वा भनौं नरबानको प्रजाति अस्तिवमा आयो । जीव विकासको क्रममा बनेको नरबार आजभन्दा झण्डै तीनलाख वर्ष पहिले मानिसको रुपमा (होमा सेपियन्स) देखा पयो जसले ढुंगाका औजार बनाउन र प्रयोग गर्न जानेको थियो । झण्डै पचासहजार वर्षयतादेखि मानिसले जनावरका छालाबाट बनेका लुगा लगाउन, अस्थायी आवास बनाउन, चिन्तन गर्न र आपना कामका लागि योजना बनाउन थालेको हो भन्ने कुरामा वैज्ञानिकहरु प्रायस् एकमत देखिन्छन् ।

२. प्रविधिको विकासबाट उत्पादक शतिmको विकास

उत्पादनका लागि चाहिने शक्ति वा जे कुराहरुको संयोजनबाट उत्पादन हुन्छ, त्यसलाई उत्पादक शक्ति भनिन्छ । मानिस उसले प्रयोग गर्ने औजार (श्रमका औजार) र ती औजार प्रयोग गरिने वस्तु अर्थात् श्रमको वस्तु, यी तीनवटाको संयोजनलाई माक्र्सवादी भाषामा उत्पादक शक्ति भनिन्छ । जंगली चरणमा रहेको मानिसले ढुगांका औजार प्रयोग गर्थे, ती औजारहरुको सहायताले फलफूल कन्दमूल टिप्ने, झटारो हान्ने वा जनावरको शिकार गर्थे । त्यो युगको मानिसका लागि श्रमका औजार तिनै ढुगांका औजार थिए र सिंगो प्र्कति श्रमको वस्तु थियो । सामन्ती युगको श्रमिकका लागि हलो, कुटो, कोदालो इत्यादि श्रमका औजार थिए भने मल, बिउ र खेत श्रमका वस्तु । एकजना सिकर्मीका लागि रन्दा, बसुला, करौंति इत्यादि श्रमका औजार हुन् भने काठ श्रमको वस्तु भयो ।

मानिसले औजार बनाउँछ । औजार बनाउने र त्यसलाई प्रयोग गर्ने क्रममा मानिसको चेतना थप विकसित हुन्छ । विकसित चेतनाले अझै उन्नत औजार बनाउँछ । उन्नत औजारले मानिसको चेतना झनै उन्नत हुन्छ । औजार बनाउने क्रममा नै बानरबाट मानिसको विकास भएको हो । यसो भन्न सकिन्छ, औजार बनाउन प्रयत्न गर्ने बानर नै लाखौं वर्षको पुस्ता दर पुस्ताको अनुभवबाट खारिंदै मानवमा रुपान्तरित भएको हो । योजनाबद्ध श्रम गर्ने प्रक्रियामा नै बानर मानिस बनेको हो । यसबारेमा विस्तृतरुपमा जान्न चाहने हो भने फ्रेडरिक एंगेल्सले गहिरो अनुसन्धान गरी लेखेको पुस्तक डाइले क्टिक्स अफ नेचर (प्रकृतिको द्धन्द्धवाद)मा रहेको आलेख द रोल प्लेड बाइ इन दी टान्जिसन फ्रम टु म्यान –बानर बाट नर बन्ने क्रममा श्रमले खेलेको भूमिका) पढ्नु उपयुक्त हुने छ ।

ढुंगाका औजार प्रयोग गर्ने मानिसले धातुको खोज गयो । ढुंगाका औजार बनाउन सरल भए्र पनि प्रविधि त चाहिन्थ्यो नै उपयुतm खालको ढुंगा खोजेर त्यसलाई धारिलो बनाउनका लागि अर्को कडा ढुंगामा घोट्नु पथ्र्यो । माटोजस्तो धाउबाट धातु निकाल्नका लागि अझै उन्नत प्रविधि चाहिन्थ्यो । विभिन्न किसिमका औजार बनाउनका लागि पनि प्रविधि चाहिन्थ्यो । यसरी प्रविधिका लागि दिमाग खियाउँदा खियाउँदा मानिसले चिन्तन गर्ने क्षमता विकसित गयो । मानिसले आफ्नो अनुभवका आधारमा प्राप्त गरेको ज्ञानलाई लिपिबद्ध गर्देैजाँदा विज्ञान र प्रविधिको विकास भएको हो ।

प्रकृतिका नियमहरु पत्तालगाएर तयार गरिएको ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञान सिद्धान्त हो मने प्रविधि ब्यवाहर हो । उदाहरणका लागि गुरुत्वाकर्षणले हरेक वस्तुलाई पृथ्वीतिर तान्छ तथा माथिको वस्तु तलतिर तान्छ भन्ने तथ्यको जानकारी दिने साहित्य विज्ञान हो । गुरुत्वाकर्षणले गर्दा नै पानी माथिबाट तलतिर बग्छ । माथिबाट तलतिर बग्ने पानीबाट उर्जा उत्पन्न गर्न सकिन्छ भन्ने नियमको जानकारी विज्ञान हो भने त्यसबाट पानी घट चलाउनु प्रविधि हो । प्रविधि निर्माण गर्ने संघर्षमा नै विज्ञानका खोजहरु अगाडि बढ्छन् ।

उत्पादक शक्तिको विकासले सामाजिक रुपान्तरण हुने वा सामाजिक क्रान्ति हुने परिस्थिति तयार गर्दछ । नयाँ नयाँ प्रविधिको विकास गर्ने समाजका आर्थिक उन्नति तीब्र गतिमा हुन्छ । प्रविधिको विकासका लागि प्रविधिक शिक्षाको विकास र विस्तार आवश्यक हुन्छ ।

३.प्राविधिक खोज र विज्ञान मानव जातिका साझा सम्पत्ति हुन्

आजका मानव समाज जुन अत्याधुनिक विज्ञान र प्रविधिको उचाईमा पुगेको छ, यहाँसम्म आइपुग्नका लागि प्रारीम्भक ढुंगेयुगदेखिका लाखौं वर्षका प्रयासहरुले काम गरेका छन् । अहिलेको यान्त्रिक बौद्धिकता या आर्टिफिसियल इन्टिेलिजेन्स को मूल जरो खोज्दाजाँदा उही ढुंगे युगको औजार बनाउने समाजमा पुगिन्छ । जलविधुत उत्पादन गर्ने प्रविधिको निकट जरो खोज्दा हाम्रो गाउँघरमा अहिले पनि चालु रहेका पानी घटको प्रविधिमा पुगिन्छ । अनि पानी घट प्रविधिको जरो जाँतो (पश्चिमा नेपालमा झाँतो भन्छन्) मा पुगिन्छ । जाँतोभन्दा पहिले लोहोरो सिलौटोबाट जाँतो बनाउने र प्रगोग गर्ने प्रविधिमा पुग्नु त्यति नै ठूलो प्राविधिक क्रान्ति थियो जति अहिले जटिल यन्त्रको प्रविधिलाई उछिनेर आर्टिफिसियल इन्टेलिजेन्स अगाडि आएको छ ।

विज्ञान र प्रविधिको खोज त्यसका उपलब्धीलाई कुनै व्यक्ति वा देश विशेषको सम्पति बनाउने कुरामा नै अहिलेको विश्व साम्राज्यवाद टिकेको छ । पूँजीवादले सामाजिक ज्ञानलाई बौद्धिक सम्पत्ति अधिकार (इन्टलेक्चुअल प्रोपर्टि राइट) भन्दै निजीकरण गरिरहेको छ । हुँदाहुँदा एकदेशका मानिसहरुले प्रयोग गरिरहेका हजारौं वर्ष पुराना प्रविधिलाई तथाकथित अत्याधुनिक ज्ञान भण्डारको दावी गर्ने विकसित देशहरु र तिनका कम्पनीहरुले आपनो नाममा दर्ता गरेका छन् । माक्र्सवादले ज्ञान विज्ञान प्रविधिको निजीकरणको विरोध गर्दछ ।

४. प्राविधिक शिक्षाको सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दृष्किोणहरु

नेपाल कम्युनिष्ट पार्टीको स्थापना वि. सं. २००६ साल बैशाख १० गते शुक्रबारका दिन कलकत्ताको श्याम बजारमा चार जना युवाहरु उपस्थित भएर गरेका थिए । त्यतिखेर पचिस वर्षको हाराहारीमा रहेका ती कलिला युवाहरु थिए पुष्पलाल, निरञ्जन गोविन्द वैध, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी । त्यही कार्यक्रममा जान भनेर काठमाडौंबाट हिँड्नुभएकी मोतीदेवी श्रेष्ठ कार्यक्रमस्थलमा ढिलो गरी पुग्नु भयो । यसैले वहाँलाई पनि नेपाल कम्युनिष्ट पार्टीको संस्थापक मानिएको छ । नेपाल कम्युनिष्ट पार्टी गठन हुँदाका शुरुको बेलामा निकालिएका पर्चा, पहिलो घोषनापत्र (१५ सेप्टेम्बर, सन् १९४९), कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवादमा पुष्पलालले लेख्नु भएको भूमिका, वि.सं. २००८ सालमा गरिएको स्थानीय निकायको निर्वाचनका लागि नेकपाका तर्फबाट जारी गरिएको प्रचार सामाग्रीहरु वि. सं. २०१५ सालको आम निर्वाचनका लागि नेकपाका तर्फबाट जारी गरिएका तत्कालिन नेकपा (एमाले) लगायतका चुनावमा भाग लिने विभिन्न कम्युनिष्ट पार्टीहरुका चुनावी घोषणापत्रहरु, जनयुद्धको कालमा रहेको तत्कालिन नेकपा (माओवादी) पार्टीका विभिन्न दस्तावेज र लेखौटहरु सबैमा प्राविधिक तथा वैज्ञानिक शिक्षाको विकास र विस्तारको आवश्यकतालाई औंल्याइएको छ ।

तत्कालिन नेकपा (एमाले)ले पाचौँ राष्ट्रिय महाधिवेशनमा महासचिव मदनकुमार भण्कारीले प्रस्तुत गर्नुभएको दस्तावेजको शुरुकै पानामा भनिएको छ औधोगीकरण बिना देशको प्रगति संभव हुँदैन र राष्ट्रिय पुँजीको विकास नगरी आत्मनिर्भर औधोगीक अर्थतन्त्रको विकास संभव हुँदैन । समाजको भौतिक विकासबिना हामी समाजवादको निर्माण गर्न सक्दैनौं । (नेकपा एमाले, मदन भण्डारी संकलित रचनाहरु, (काठमाडौं, नेकपा एमाले, २०५२), पृ. ३११) । यही दस्तावेजमा देशमा विदेशी पुँजी र प्रविधि भित्र्याउनु पर्ने कुरामा जोड दिइएको छ । –उही, पृ. ३३६)

वि. सं. २०७४ सालमा सम्पन्न आम निर्वाचनका लागि तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द«) द्धारा जारी गरिएको साझा घोषणामा प्रविधिक शिक्षाबारे यस्तो लेखिएको छ

प्रत्येक गाउँपालिका र नगरपालिकामा प्रविधिक तथा ब्यावसायिका शिक्षा तालिम परिषद्बाट मान्यता प्राप्त प्रविधिक तथा ब्यवसायिक शिक्षा तालिम परिषद्बाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गरिने छ । उमेर पुगेको सबै व्यक्तिलाई रुची अनुसारको निशुल्क तालिम दिइने छ ।

प्राविधिक शिक्षालयहरुमा माध्यमिक शिक्षा प्राप्त व्यक्तिहरुलाई राष्ट्रिय आवश्यकता अनुरुपका दइाता प्रदान गर्न प्रयोग गरिने छ ।
प्रत्येक प्रदेशमा प्राविधिक तथा ब्यावसायिक महाविधालय सञ्चालन गरिने छ । (नेकपा) (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा घोषणा २०७४, लेख्ने वा छाप्ने संस्थाको नाम लेखिएको छैन, पु २५ ।)

हाल देशमा कायम रहेको कम्युनिष्ट सरकारले अगाडि सारेको तीनवटा नीति तथा कार्यक्रमहरुमा प्राविधिक शिक्षालाई उच्च महत्व दिइएको छ । प्राविधिक शिक्षकलाई बढाउँदै लैजाने र बहुसंख्यक जनशक्ति प्राविधिक क्षेत्रबाट उत्पादन गर्ने कुरालाई जोड दिइएको छ ।

नेपालमा कम्युनिस्ट पार्टीको गठन भए यताका ६ दशकभन्दा बढी समयमा लेखिएका तमाम कुराहरु जनतासँग गरिएका बाचाबन्धनहरुको जाँच पास गर्ने भनेको अहिलेकै सरकारका पालामा हो भनेर आम जनताले बुझेका छन् । वैज्ञानिक तथा प्राविधिक शिक्षाका बारेमा जनतासमक्ष गरिएका तमाम बाचा बन्धन अनुसार काम भने हुन नसकेको देखिन्छ । यसतर्फ वामपन्थी खेमाका शिक्षाविद्हरुको ध्यान जान जरुरी छ ।

(सीटीभीटी राष्ट्रिय कर्मचारी संगठन स्मारिका २०७७ बाट साभार)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्