दुई गैँडा मृतावस्थामा फेला – Janadesh Daily | ePaper

दुई गैँडा मृतावस्थामा फेला


चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । तीमध्ये एउटा बूढो र अर्को केटा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा मृतावस्थामा फेला परेको हो । उहाँले बाघको आक्रमणबाट मरेको हुन सक्ने बताउनुभयो ।

यसैगरी अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैँडा मृतावस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढिएका अवस्थामा भाले गैँडा भेटिएको हो । ती गैँडाको खाग र खुर सुरक्षित रहेको जनाउँदै उहाँले दुवै प्राकृतिक कारणले मरेको बताउनुभयो । गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी र शिकारले निकुञ्जमा ३२ र अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैँडा मरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्