प्रचण्ड र देउवाबीच साझा कार्यक्रम बनाएर अघि बढ्ने सहमति, माधव नेपाल र उपेन्द्रसँग पनि परामर्श – Janadesh Daily | ePaper

प्रचण्ड र देउवाबीच साझा कार्यक्रम बनाएर अघि बढ्ने सहमति, माधव नेपाल र उपेन्द्रसँग पनि परामर्श


जनादेश, काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच साझा सहमति बनाएर अगाडी बढ्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाइ भेट्दै अध्यक्ष दाहालले सत्ता सहयात्री दलवीच न्यूनतम सहमति गरेर अगाडी बढ्नुपर्ने बताएका हुन् । यसअघिका प्रधानमन्त्री केपी ओलीले गरेका असंवैधानिक नियुक्ति तथा कामहरु खारेजी गर्दै साझा सहमतिमा अगाडी बढ्ने सहमति दुई नेताबीच भएको छ ।

प्रतिनिधि सभा विघटन पछिका सबै सरकारी निर्णय खारेज गर्ने समेत सहमति जुटेको दाहलका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

यसअघिको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्तिका आधारमा गरिएका ८ जना राजदूतहरुलाइ फिर्ता बोलाउने निर्णय गरिसकेको छ । त्यस्तै संवैधानिक परिषदको अध्यादेश खारेज गर्दै विगतमा झै विपक्षी दलको नेता सहित सहभागी भएर नियुक्ति गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवलले आज विहान एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । नेताहरुबीच सरकार विस्तार पनि तत्कालै गर्नेगरी छलफल भएको उनीहरुका सचिवालयले जनाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्