ट्राफिक भवनको शिलान्यास – Janadesh Daily | ePaper

ट्राफिक भवनको शिलान्यास


काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुको भवन शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिका–१४ बल्खु हाइटमा रु ३५ लाख लागतमा निर्माण गरिन लागेको भवनको आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले शिलान्यास गर्नुभयो ।

कार्यक्रममा महाशाखाका प्रमुख भट्टराईले नागरिकको साथ सहयोग र मायाले नै ट्राफिक प्रहरी अगाडि बढ्ने बताउनुभयो । “समाजमा प्रहरीले गरेको योगदान र माया स्वरूप हामीले नयाँ भवन प्राप्त गर्दैछौँ, समाजप्रति झन् उत्तरदायी र सशक्त रूपमा अगाडि बढ्न र नागरिकले गरेको माया सद्भावनाले ठूलो उत्प्रेरित गरेको छ”, उहाँले भन्नुभयो ।

सडक दुर्घटना न्यूनीकरणदेखि सामाजिक अपराध न्यूनीकरणमा नागरिक प्रहरीको सहकार्य उत्तिकै महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । ट्राफिक प्रहरीको कामकाज सहज बनाउनका लागि कुमारी क्लबको संयोजनमा र स्थानीयवासीको सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको हो ।

महाशाखा प्रमुख भट्टराईले उपत्यकाको ट्राफिक व्यवस्थापन विगतको भन्दा धेरै कुरामा सहज भएको उल्लेख गर्नुभयो । भवन निर्माण समितिका अध्यक्ष मोहनकुमार बस्नेतले समाज प्रहरी दुवैको सहकार्यबाट समाजमा शान्तिसुरक्षा कायम हुने बताउनुभयो । “जहाँ प्रहरी हुन्छ, त्यहाँ शान्ति सुरक्षा हुन्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा वडा नं १४ का सदस्य एवं कार्यपालिका सदस्य रश्मी खड्का, महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रमुख अपिलराज बोहोरा, स्थानीय समाजसेवी दिपेन्द्र केसी, महानगरीय ट्राफिक प्रहरीवृत्त कलङ्कीका प्रमुख शङ्खर खड्कालगायतको उपस्थिति थियो । उक्त भवन एक भान्साकोठासहित चारकोठे हुनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्