ओलीको आदेशमा आफूलाई महेश बस्नेतको धम्की आएको खगेन्द्रको खुलासा – Janadesh Daily | ePaper

ओलीको आदेशमा आफूलाई महेश बस्नेतको धम्की आएको खगेन्द्रको खुलासा


जनादेश सोसल मिडिया वाच ।
वरिष्ठ लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले एमालेका युवा नेता महेश बस्नेतले आफूलाई तह लगाउने धम्की दिएको बताएका छन्। लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत बस्नेतले आफूलाई साइबर सेना लाएर तह लगाउने धम्की दिएको जानकारी गराएका हुन्।

संग्रौलाले बस्नेतको धम्कीलाई एमाले अध्यक्ष केपी ओलीको आदेश बमोजिम आएको समेत अनुमान गरेका छन्। आफूलाई विगतमा संकटकालको बेला मण्डले र निरंकुशताका पक्षधर शाही सेनाले परोक्षा धम्कि दिने गरेको स्मरण गर्दै अहिले गणतन्त्रमा पनि त्यस्तो धम्की नरोकिएको बताएका छन्।

‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ,’ संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए। तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो? यो अति उदार र सहिष्णु ओली सरको आदेश बमोजिमको धम्की त होला। धन्य ओली सर!’

यसअघि महेश बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई भौतिक आक्रमणको चेतावनी दिएका थिए । शनिबार काठमाडौंमा युथ फोर्सको भ्याली कमान्ड घोषणा क्रार्यक्रममा युवा संघका इन्चार्जसमेत रहेका एमाले नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीले ‘आममाफी’ दिने घोषणा गर्दै पार्टी एकतामा आउन आह्वान गर्दा पनि वरिष्ठ नेता नेपालले उल्टै अध्यक्षलाई कटाक्ष गरेको भन्दै सकेसम्म मुखले सम्झाउने, नमाने ‘हातगोडाले पनि सम्झाउनुपर्ने’ स्थिति आउन सक्ने चेतावनी दिएका हुन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्