‘नव मण्डले’ रवीन्द्र मिश्रलाई खगेन्द्र संग्रौलको सुझावः राप्रपामा गए भैहाल्यो नि ! – Janadesh Daily | ePaper

‘नव मण्डले’ रवीन्द्र मिश्रलाई खगेन्द्र संग्रौलको सुझावः राप्रपामा गए भैहाल्यो नि !


जनादेश सोसल मिडिया वाच ।

चर्चित लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कमल थापाको राजावादी पार्टीमा प्रवेश गर्न सुझाब दिएका छन्।

मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षता सम्बन्धमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेकोप्रति कटाक्ष गर्दै संग्रौलाले मिश्रलाई यस्तो सुझाव दिएका हुन्।

संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘न साझा न विवेकशीलका सम्भ्रान्त श्री रवीन्द्र मिश्रलाई संघीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ। कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरूक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे भइगो नि!’

लेखक संग्रौलाले कमल थापा र रविन्द्र मिश्रको तस्विर सार्वजनिक गर्दै ट्वीटरमा ‘हरिण हरिणसँग,हुँडार हुँडारसँग!’ हरिण भन्ने टिप्पणी पनि गरेका छन् ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव अघि सारेपछि सो पार्टीमा हलचल उत्पन्न भएको छ । सोही पार्टीका अर्का संयोजक मिलन पाण्डेले उनको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै विवेकशील साझा गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी भएको स्पष्ट पारिसकेका छन् ।

यो पनि हेर्नुस्-

राजावादी रविन्द्र मिश्रको विरालो ‘म्याउँ’, निष्कर्ष छः संघीयता खारेजभागी, राजाको पक्षमा जनमत

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्