पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ, मन्त्री बन्ने चर्चा – Janadesh Daily | ePaper

पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ, मन्त्री बन्ने चर्चा


जनादेश, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन्। संसद सचिवालयकै एक कर्मचारीलाई जवरजस्ती गरेको अभियोगमा चलेको मुद्दामा उच्च अदालतले पनि महरालाई सफाइ दिएको हो।

उच्च अदालत पाटनकी प्रवक्ता अमृता शर्माका अनुसार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालतकै निर्णयलाई सदर गरेको हो। उच्च अदालतले मंगलबार मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरिदिएको हो।

यससँगै अब महरालाई संवैधानिक पदहरुमा फर्किने बाटो पनि खुलेको छ। ुजिल्लाबाट भएको फैसलालाई नै उच्च अदालतले सदर गरिदिएको छु, शर्माले भनिन्।

तत्कालीन अवस्थामा प्रतिनिधिसभाको सभामुख रहेको बेला संसद सचिवालयकै एक महिला कर्मचारीले दिएको उजुरीका आधारमा महरा पक्राउ परेका थिए। आरोप लागेपछि महराले २०७६ असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

जिल्लाले महरालाई सफाइ दिएपछि सरकारी पक्ष उच्च अदालत पाटन पुगेको थियो। तर उच्चबाट पनि उनले सफाइ पाएका छन्। पछिल्लो समय कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेपछि महरा पनि मन्त्री बन्ने चर्चा माओवादी वृत्तमा छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्