काठमाडौंमा आजदेखि भेरोसेल खोप अभियान, ५० वर्षमाथिकाले पाउने, कहाँ जाने कसरी लगाउने – Janadesh Daily | ePaper

काठमाडौंमा आजदेखि भेरोसेल खोप अभियान, ५० वर्षमाथिकाले पाउने, कहाँ जाने कसरी लगाउने


जनादेश अपडेट ।

आज (बिहीबार)देखि काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर तथा ललितपुर) मा पहिलो मात्राको चिनियाँ खोप भेरोसेल अभियान सुरु हुँदै छ।

५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो। खाेपकेन्द्रकाे व्यवस्था भने स्थानीय तहले गर्ने जनाइएकाे छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन्।

यस्तै, अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ। जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु छन् ।

यस्तै, फरक क्षमताका व्यक्तिहरुले पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन्।

हेर्नुस् सूचनाः

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्