सांसद पुनर्बहालीको माग गर्दै माओवादीका पूर्वसांसदले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’मा – Janadesh Daily | ePaper

सांसद पुनर्बहालीको माग गर्दै माओवादीका पूर्वसांसदले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’मा


जनादेश, काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) परित्याग गरि एमालेमा गएका चार जना पूर्वसांसदले दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन।

सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्कीको इजलासमा तोकिएको निवेदनमाथि सुनुवाइ गर्न समय पुगेन। त्यसअघिको एउटा मुद्दामाथि सुनुवाइमै समय लागेपछि चार जना पूर्वसांसदको निवेदनलाई ‘हेर्न नभ्याइने’मा राखिएको छ।

नेकपा ९एमाले० प्रवेश गर्दा कारबाहीमा परेका माओवादीका पूर्वसांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह १३ साउनमा सर्वोच्च अदालत पुगेका थिए। आफूहरू माओवादीमै रहेको जिकिर गर्दै उनीहरूले सांसद पदमा पुनर्बहाली गर्न माग गरेका छन्।

चारै जनाको निवेदनमाथि आज सुनुवाइ तोकिएको थियो। ‘हेर्न नभ्याइने’मा परेको उनीहरूको निवेदनमाथि अब १५ साउनमा सुनुवाइ तोकिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्