भीमफेदी कारागारका ३५५ कैदीबन्दीमा कोरोना संक्रमण – Janadesh Daily | ePaper

भीमफेदी कारागारका ३५५ कैदीबन्दीमा कोरोना संक्रमण


जनादेश, हेटौंडा ।

मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको भीमफेदी कारागार कोरोना संक्रमणग्रस्त भएको छ । कारागारको ब्लक ‘क’ र ब्लक ‘ख’ मा गरी ९ सय ६८ कैदीबन्दी र ८ कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

पुष्टि हुनेको संख्या कारागारका कैदीबन्दीको तीस प्रतिशत्भन्दा बढी हो । कोरोना पोजेटिभ देखिएका कैदीबन्दीहरुलाई स्वास्थ्य सावधानी अपनाएर अलग राखिएको बताइएको छ । कारागारमा रहेका अधिकांश कैदीबन्दीलाई कोरोना खोप कोभिसिल्ड लगाइसकिए पनि खोप लगाएका तथा नलगाएका दुवैलाई कोरोना पोजेटिभ देखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्