बङ्गलादेशमा सङ्क्रमण घटेन, एकै दिन १५ हजारभन्दा बढी सङ्क्रमित – Janadesh Daily | ePaper

बङ्गलादेशमा सङ्क्रमण घटेन, एकै दिन १५ हजारभन्दा बढी सङ्क्रमित


ढाका ।

बङ्गलादेशमा हरेक दिन कोरोना सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको देखिएको छ ।

बङ्गलादेशका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमितहरु भेटिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले बङ्गलादेशमा २४ घन्टाको बीचमा यतिधेरै सङ्क्रमितहरु भेटिएको यो दोस्रोपटक हो भनेको छ ।

यसअघि यहाँ जुलाई २८ मा एकै दिन १६ हजार जना सङ्क्रमित भेटिएका थिए । त्यस दिन यहाँका २५८ जनाको यही सङ्क्रमणबाट ज्यान पनि गएको थियो ।

त्यसैगरी बिहीबार मात्र यहाँका २३९ जनाको कोभिड सङ्क्रमणकै कारण ज्यान पनि गएको छ । योसमेत गरी यहाँ २० हजार २५५ जनाको यो सङ्क्रमणबाट ज्यान गएको पाइएको छ । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्ममा १२ लाख २६ हजार २५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण मृत्यु हुने दर १।६५ प्रतिशत रहेको छ । त्यसैगरी यहाँको निको हुने दर ८५।६ प्रतिशत रहेको छ । यहाँको सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापी रुपमा लकडाउनको व्यवस्था गरेको छ । कोरोना भाइरस नघटेपछि यहाँ लकडाउन कायम गरिएको हो । तर पनि पछिल्लो महिना यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना भाइरसको सङ्क्रमण भने घटेको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्