पूर्वयुवराज पारस शाहले गरे अर्को लफडाः ड्यूटीका ट्राफिक प्रहरीमाथि दुर्व्यवहार – Janadesh Daily | ePaper

पूर्वयुवराज पारस शाहले गरे अर्को लफडाः ड्यूटीका ट्राफिक प्रहरीमाथि दुर्व्यवहार


जनादेश, काठमाण्डौं । पूर्वयुवराज पारस शाहले ड्यूटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।

हेलमेट नलगाइकन मदिराले मातेको अवस्थामा पारसलाई महाराजगन्जमा प्रहरीले पक्राउ गर्दा पारसले प्रहरीलाई नै गालीगलौज गरेको भिडियो शुक्रबार साँझ सार्वजनिक भएको हो । भिडियोमा प्रहरीले पारसको हात समातेर कन्ट्रोलरमा फोन गर्दै गाडी मगाएका छन् ।

ती प्रहरीले पारस शाहले रक्सी खाएर लफडा गरेको भन्दै उनलाई पक्राउ गर्न गाडी चाहिएको भनेको भिडियोमा सुनिन्छ । तर पारसले आफू कहीँ नजाने तर त्यहीँ बस्ने भनेर प्रहरीलाई धम्की समेत दिएका थिए।

साथै आफूले कहिल्यै हेलमेट नलगाउने भन्दै पक्राउ गर्न नसक्ने चेतावनी दिएको भुडियोमा सुनिन्छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार हेलमेट नलगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि जाइलागेका थिए ।

शिंहका अनुसार शाहले मादक पदार्थसमेत सेवन गरेका थिए । भिडियोमा देखिएको दृश्य अनुसार शाहलाई ट्राफिक प्रहरी नियम अनुसार पक्राउ गर्न खोज्दा प्रहरीसँग शाहको घम्साघम्सी नै भएको थियो । पारसकै लफडाका कारण केही बेरसम्म महाराजगन्ज चोकमा जाम समेत भएको देखिन्थ्यो ।

त्यहाँ भेला भएका केही युवाहरुले भने पारसको समर्थनमा नारा नै लगाएको भिडियोमा सुनिन्छ । एसएसपी सिंहले शाहलाई नियन्त्रणमा लिएर सम्झाएर पठाएको प्रतिक्रिया दिएका छन् । शाह यसअघि पनि पटक पटक सार्वजनिक स्थलमा देखाउने हर्कतका कारण विवादमा आउने गरेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्