महाकाली तुइन घटनालालाई लिएर विप्लव आक्रोशितः देशव्यापी प्रदर्शनको घोषणा – Janadesh Daily | ePaper

महाकाली तुइन घटनालालाई लिएर विप्लव आक्रोशितः देशव्यापी प्रदर्शनको घोषणा


जनादेश, काठमाडौँ ।

नेत्रविक्रम चन्‍द विप्लव नेतृत्वको नेकपाले भारतीय पक्षले दार्चुलामा तुइन खोलेको घटनाको विरोध गर्दै देशब्यापी प्रर्दशन गर्ने घोषणा गरेको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ती जारी गर्दै दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदा भारतीय सीमा सुरक्षा बलले तुईन खोलेको भन्दै विरोध गरेको हो ।

ब्यास नगरपालिका २ मालघाटका ३५ बर्षीय जयसिंह धामी तुइन तर्दै गर्दा भारतीय पक्षले तुइन खोलेका कारण नदीमा खसेर बेपत्ता भएको घटनाप्रति विरोध गर्दै छानविन गर्न माग गरेको छ ।

सीमा क्षेत्रमा भारतीय पक्षले नेपाल राष्ट्र र नेपाली जनताको विरुद्धमा विभिन्न काम गर्दै आएको भन्दै राष्ट्रिय स्वाधीनता र स्वतन्ताको लागि लड्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

घटनाको छानविन गर्दै दोषी माथी कारवाहीको माग सहित नेकपाले आज ३ बजे देशभरि विरोध र साउन १८ गते विरोध कार्यक्रम गर्ने जनाएको छ । त्यस्तै सत्तारुढ दल नेपाली कांग्रेसले पनि शुक्रवार एक विज्ञप्ती जारी गर्दै दार्चुलामा भएको घटनाको सत्ततथ्य सार्वजनिक गर्न माग गर्दै दोषीलाइ कारवाहीको माग गरेको थियो । सरकारले गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा छानविन समिति गठन गरिसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्