ओलीले फेरि गरे माधव नेपालको विदाई – Janadesh Daily | ePaper

ओलीले फेरि गरे माधव नेपालको विदाई


जनादेश, काठमाडौँ ।

अरुलाई ठाउँ भएपनि नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको उद्घोष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको उद्घोष दोहोर्याएका छन् । काठमाडौं जिल्ला कमिटीको बैठकमा शनिबार ओलीले यस्तो बताएका हुन् ।

बाटो बिराएका एमाले नेताहरू जो माधवकुमार नेपालको पक्षमा रहेका छन् उनीहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको बताए । ‘माधव नेपाल जस्ता आन्दोलनविरोधीहरूलाई कुनै ठाउँ छैन,’ उनले भने । आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गर्दै ओलीले त्यसो गर्न भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई ठाउँ नभएको ओलीले बताएका हुन् ।

पार्टीको सरकारविरुद्ध कुठाराघात भएको र अभियानमा गम्भीर रूपमा ब्रेक लागेको ओलीको भनाइ थियो । पार्टीमा खुट्टा तान्नेहरूलाई बाहिर पठाइने ओलीको भनाइ थियो । आगामी निर्वाचनमा खुट्टा तान्ने र पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट नदिइने पनि ओलीले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्