माधव नेपाल पक्षको सन्देश: ओली अध्यक्षबाट हटेमात्र पार्टी एकता – Janadesh Daily | ePaper

माधव नेपाल पक्षको सन्देश: ओली अध्यक्षबाट हटेमात्र पार्टी एकता


जनादेश, काठमाडौँ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पटक पटकको प्रतिगमनलाई परास्त गर्दै आफूहरु यहाँसम्म आइपुगेको बताएका छन्।

शनिबार बबरमहलमा भएको अखिल फोर्सको राष्ट्रिय भेलालाई सम्बोधन क्रममा कसैको पनि प्रतिगामी कदमविरुद्ध आफू डटेर लडिरहने पनि बताएका छन्।

समाजमा राम्रा र नराम्रा दुवै कुरा रहेको बताउँदै नेता नेपालले अखिल फोर्सले नराम्रो बाटो नसमात्ने पनि विश्वास लिए। समाजमा असाध्य राम्रा र नराम्रा दुवै उदाहरण छन्। समाजमा कुकर्मी पनि छन्, उनले भने, देशघाती काम गर्ने गरेका छन्। जनताको पीडा र बेदनामा नुन चुक हाल्न गरेका छन्।

ओलीले अध्यक्ष छोडे मात्र एकताः झाँक्री

एमालेकी नेतृ रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी छन् । भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पुर्‍याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने बताइन् ।

‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्‍याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ’ उनले भनिन् । प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ भनेर प्रश्न गरेकी छन् ।

‘प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम जोडाएर हामी बस्दैमा कम्युनिस्ट आन्दोलन सुदृढीकरण हुन्छ रु’ उनले प्रश्न गरिन्, ‘चुनावमा मान्छेले भोट हाल्छन् । राजनीति भनेको भन्ने एउटा गर्ने अर्को हो।

यसको जवाफ १० बुँदे सहमतिले दिन नसक्ने नेतृ झाँक्रीले बताइन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्