मोदीको ट्वीट सन्देश: नेपाल लगायतका छिमेकी सुख दु:खका साथी – Janadesh Daily | ePaper

मोदीको ट्वीट सन्देश: नेपाल लगायतका छिमेकी सुख दु:खका साथी


जनादेश, काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल लगायतका मुलुक छिमेकी मात्र नभई सुख दुःखका साथी समेत भएको बताएका छन् । मोदीले आज ट्विट गर्दै मार्फत नेपाल, भुटान, माल्दिभ्स र मरीशस भारतका छिमेकी मात्र नभई सोच र सामाजिक गतिविधीमा समेत धेरै समानता रहेको उल्लेख गरेका हुन् ।

उनले छिमेकी मुलुक सुख दुःखका साथी पनि भएको बताए । कुनै मुलुकमा आपत् विपत् आइपर्दा सवैभन्दा पहिला एक अर्कालाई मद्धत गर्ने परम्परा रहेको मोदीको ट्वीटमा उल्लेख छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको भारत भ्रमणको केहि दिन पछि आएको मोदीको ट्वीटलाई अर्थपुर्ण रुपले हेरिएको छ ।

भारत भ्रमणका क्रममा ब्लिन्केनले मोदी, समकक्षी एस जयशंकर सहितका बरिष्ठ नेतालाई भेट गरेका थिए । भेटमा कोरोना महामारी नियन्त्रण, इन्डो प्यासिफिक रणनीति, क्षेत्रिय तथा वैश्विक मुद्धामा छलफल भएको थियो भने उनले तिब्बतका निर्वासित आध्यामिक नेता दलाई लामाका प्रतिनिधीलाई समेत भेट गरेका थिए ।

यस्तै चीनले पनि गरिबी निबारणका लागि नेपाल सहितका छिमेकी मुलुक सम्मिलित सम्मेलनको आयोजना गरेको थियो भने पछिल्लो समय खोप अनुदान र आपुर्तीमा पनि तिब्रता दिइरहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्