कोरोना अपडेट: ३ हजार १०६ जना संक्रमित थपिए, २३ जनाको मृत्यु – Janadesh Daily | ePaper

कोरोना अपडेट: ३ हजार १०६ जना संक्रमित थपिए, २३ जनाको मृत्यु


जनादेश, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१३ हजार ५ सय १९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३ हजार १ सय ६ जनाको पोजिटिभ रिपोर्ट आएको हो । ९ हजार २ सय ६३ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय २६ जनामा संक्रमण देखियो ।

यस्तै पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ । साथै १ हजार ९ सय १६ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार कुल ६ लाख ५४ हजार १ सय ७७ जना कोरोनामुक्त भइसकेका छन् । देशभर सक्रिय संक्रमितको संख्या भने ३१ हजार ३ सय ५५ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकए छ ।

पछिल्लो समय कोरोना संक्रमण फेरि तिब्र रुपमा फैलिन थालेको बताइएको छ । तेस्रो लहर छिट्टै आउनसक्ने भन्दै सावधानी अपनाउन अधिकारीहरुले सबैलाई आग्रह गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्