प्राविधिक शिक्षाको विकास र विस्तार गर्नु नै आजको प्रमुख आवश्यकता हो : अधिकारी – Janadesh Daily | ePaper

प्राविधिक शिक्षाको विकास र विस्तार गर्नु नै आजको प्रमुख आवश्यकता हो : अधिकारी


नेपालको प्राविधिक शिक्षाको अवस्था कस्तो पाउनु भएको छ ?

प्राविधिक तथा ब्यावसायिक शिक्षा भनेको देश विकासको एउटा मेरुदण्ड हो । नेपालको शिक्षालाई जीवन उपयोगी बनाउन प्राविधिक शिक्षाको महत्तव उच्च रहेको छ । नेपालमा प्राविधिक तथा ब्यवसायिक शिक्षाको विजारोपण गर्ने काम २००४ साल बाट नै भएको देखिन्छ । यसरी हेर्दा प्राविधिक तथा व्यावसायिक शिक्षाको श्रेत्रले हाल झन्डै ७ दशक पार गरिसकेको छ । यसर्थ अब हामीले प्रदान गर्ने प्राविधिक शिक्षाले बेरोजगारी समस्यालाई निर्मलु पार्नेतर्फ उन्मुख हुनुपर्ने देखिन्छ ।

यसरी हेर्दा शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनलाई रोजगारीसँग जोडेर प्राविधिक शिक्षाको विकासमा अघि बढ्नुको विकल्प देखिदैन । हाम्रो देशको संविधानमा समेत प्राविधिक शिक्षाका आवश्यकतालाई मध्ययनजर गरी देशको सामाजिक, आर्थिक क्षेत्रको रुपान्तरण गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा समाजवाद उन्मुख बनाउने उद्देश्य रहेको छ । यसर्थ हालको प्राविधिक शिक्षालाई निस्पक्ष, स्वतन्त्र, बैज्ञानिक तथा प्रतिस्पर्धी बनाई देशको विकराल बेरोजगारी समस्यालाई उन्मुलन गर्दै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सक्नु नै आजको प्राविधिक शिक्षाको प्रमुख दायित्व हो । यो दायित्वलाई पुरा गर्नकै लागि प्राविधिक शिक्षाको विकास र विस्तार गर्नु नै आजको प्रमुख आवश्यकता भएको छ ।

हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले माथि उल्लेखित विषयलाई समेट्दै देशभर ६२ वटा आङिगक शिक्षालयहरु, २० वटा साझेदारी, ५३४ वटा सामुदायिक विधालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम र ४२९ वटा साझेदारी, ५३४ वटा सामुदायिक विधालयमा प्राविधिक शिक्षा कार्यक्रम र ४२९ वटा निजी स्तरमा सम्बन्धन्स्विकृति लिई संचालित विभिन्न निजी प्राविधिक शिक्षालयहरुले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेका छन् । यसरी उत्पादन मध्यम स्तरीय दक्ष प्राविधिक जनशक्तिहरु देश तथा बिदेशको श्रमबजारमा रोजगारमा एबं स्वरोजगार बनी देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन सफल भएका छन् ।

परिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम कार्यक्रमहरुलाई कसरी अगाडी बढाउदै छ ?

( परिषद्लाई नीतिगत रुपमा सञ्चालन गर्नको लागि हालसम्म शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन २०४५ तथा सो को नियमावली २०५१ विधमान रहेको छ ।ऐन र नियमावलीले देशको प्राविधिक शिक्षालाई आधारभूत, मध्यम र उच्च स्तरीय जनशक्ति उत्पादन गर्न तथा सीपको स्तर निर्धारण एंव प्रमाणिकरण गर्नेकार्य गरिएको छ । प्रचलित कानूनको अधिनमा रहेर प्राविधिक शिक्षाका पाठ्यक्रहरुको विकास, व्यवस्थापन, अनुगमन, मूल्यङकन तथा गुणस्तरको सुनिश्चिततालाई कायम हुने गरि समायोजन गरीरहेको छ ।

हाल परिषद्ले देशको आम नागरिकहरुलाई प्राविधिक शिक्षाको पहुँच सहज र सरल बनोस् भन्ने मनसायले देशभर प्राविधिक शिक्षाको ब्यापक संचालन र विस्तार गरिएको छ । हाल देशको संघीय संरचना अनुसारनै परिषद् कार्यालयले समेत देशको ७ वटै प्रदेश कार्यालयहरु स्थापना गरी प्राविधिक शिक्षाको ब्यापक संञ्चालन र विस्तार गरिएको छ । हाल देशको संघीय संरचना अनुसारनै परिषद् कार्यलयले समेत देशका ७ वटै प्रदेशमा प्रदेश कार्यालयहरु स्थापना गरी प्राविधिक शिक्षाको विकास र विस्तारमा टेवा पुर्‍याएको छ ।

परिषद्ले हाल छोटो अवधिका व्यवसायीक तालीम कार्यक्रमहरु ४० घण्टा देखि १६९६ घण्टासम्म सिप विकासका तालीम कार्यक्रमहरुलाई समेत व्यापक विस्तार र संचालन गरिरहेको छ ।उल्लेखीत तालीम कार्यक्रमहरु देशभरका ११३७ भन्दा बढी छोटो अवधिका तालीम प्रदायक संस्थाहरुले २०५ भन्दा बढी विधाहरुमा स्थानीय आवश्यकताका आधारमा सञ्चालनमा छन् । हामीले नेपाल राष्ट्रिय युवा परिषद् संगको सहकार्यमा ७ वटै प्रदेशका २१००० युवाहरुलाई छोटो अवधिका तालीम कार्यक्रम सञ्चालन कार्यविधि बनाइ कार्यको थालनी गरिएको छ ।

परिषद्लाई अगाडि बढाउन स्तो योजना बनाउनु पर्छ ?

प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद् हाल अन्यौलतातर्फ उन्मूख गराइएको छ । यसर्थ सबै भन्दा पहिले यसको कार्यदिशाा स्पष्ट पार्न प्रमुख योजना हुनेछ । यसका लागि नितिगत रुपबाटै राष्ट्रिय प्राविधिक शिक्षा तथा व्यवसायीक तालीन परिषद् ऐनको निर्माण गरी ऐन अन्तर्गतनै यसको स्वायत्ततालाई स्पष्ट लक्ष्य सहित अगाडी बढाउनु पर्ने देखिन्छ । हालको प्रतिस्पर्धी दुँनियामा सुहाउँदो रोजगार बजारको माग बमोजिम पाठ्यक्रम निर्माण र विकास गरी रोजगारीको सुनिश्चित कायम गर्नु अर्को प्रमुख लक्ष्य रहने छ ।

प्राविधिक शिक्षाको क्षेत्रमा कस्ता चुनौतीहरु देख्नु भएको छ ?

हाम्रो प्रमुख चुनौती भनेको मूलुकमा रहेको विद्यमान गरीवी र बेरोजगारी समस्यालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने नै हो । यसले हाम्रो नेपाली श्रम बजारमा बिक्न सक्ने युवाहरु विदेश पलायन हुने क्रम दिनानुदिन कढ्दो छ । यस्तो विकराल समस्यालाई प्राविधिक शिक्षाको विस्तार र विकासले स्वदेशमै रोजगारी सृजना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकियो भने बल्ल ‘सीपयुक्त नेपाल समृद्ध जनता’ को भावनालाई उद्धधत गर्न सकिन्छ । प्राविधिक शिक्षा र व्यवसायीक तालीममा समता मूलक पहुँच विस्तार गर्दै यसमा गुणस्तरता कायम गर्न र यसलाई समय सापेक्ष एंव वैज्ञानिक पारदर्बी बनाउनु तथा दक्षता अभिवृद्धि गर्नुनै हहिलेको प्रमुख चुनौती हो ।

(सम्पादक मण्डलले उपाध्यक्षज्यूसँग लिएको अन्तवार्ताको सम्पादित अंश)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्