दाङका सबै क्षेत्र र पालिकामा माओवादी केन्द्रको बैठक सम्पन्न – Janadesh Daily | ePaper

दाङका सबै क्षेत्र र पालिकामा माओवादी केन्द्रको बैठक सम्पन्न


दाङ । नेकपा माओवादी केन्द्र दाङले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा विस्तार बैठक सम्पन्न गरेको छ ।

पार्टी स्थायी समितिको निर्णयअनुसार साउन ३० गतेभित्र सबै वडामा कमिटी गठन पुनर्गठन गरिसक्ने निर्णयअनुसार सबै निर्वाचन क्षेत्रमा विस्तारित बैठक सम्पन्न गरिएको केन्द्रीय सदस्य एवं जिल्ला सहइञ्चार्ज निर्मल आचार्यले जानकारी दिनुभयो ।

स्थायी समितिको बैठकलगत्तै बसेको जिल्ला कार्यालयको बैठकले क्षेत्र र पालिकास्तरीय बैठक तय गरेको र सोहीअनुसार कार्यक्रम भइरहेको उहाँले जानकारी दिनुभयो ।

साउन २० गते क्षेत्र नम्बर १, साउन २१ गते क्षेत्र नम्बर २ र साउन २२ गते क्षेत्र नम्बर ३ को बैठक सम्पन्न भएको छ । बैठकहरुबाट पालिकास्तरीय बैठक तय गरिएको छ । साउन २३ गतेदेखि जिल्लाब्यापी पालिकास्तरीय बैठक शुरु हुने पनि उहाँले जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्रस्तरीय बैठकलाई केन्द्रीय सदस्य निर्मल आचार्य, हेमराज शर्मा, इन्द्रजीत थारु, नारायणी शर्मा, दामाकुमारी शर्मा, प्रदेश सचिवालय सदस्य लुमकाकान्त न्यौपाने, प्रदेश सदस्य भीमबादुर ओली, जिल्ला सचिव तुलसीराम पुनलगायतले सम्वोधन गर्नुभएको थियो ।

तुलसीपुरमा सम्पन्न क्षेत्र नम्बर ३ को भेलालाई प्रदेशसभा सदस्य बिमला खत्री ओलीले पनि सम्बोधन गर्नुभएको थियो । सो बैठकले प्रदेश सांसद ओलीको अपहरणको घटनाको जनस्तरसम्म भण्डाफोर गर्ने र सबै वडामा बैठकका लागि जिम्मेवारी तोकिएको निर्वाचन क्षेत्रीय संयोजक हिरालाल चौधरीले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्