‘कञ्चना–३’ की अभिनेत्री एलेक्जेन्ड्राको शव झुन्डिएको अवस्थामा भेटियो – Janadesh Daily | ePaper

‘कञ्चना–३’ की अभिनेत्री एलेक्जेन्ड्राको शव झुन्डिएको अवस्थामा भेटियो


एजेन्सी ।

चर्चित तामिल फिल्म ‘कञ्चना–३’ मा मुख्य अभिनेत्रीको भूमीकामा काम गरिरहेकी रसियन अभिनेत्री तथा मोडल एलेक्जेन्ड्रा दीजाभीको शव फेला परेको छ ।

दीजाभीको शव गोवास्थित आफ्नै फ्ल्याटको भान्छाकोठामा झुन्डिएको अवस्थामा फेला परेको हो । उनी सो फ्ल्याटमा आफ्ना प्रेमीसँग बस्दै आए पनि केही समय अघि उनीहरु दुईबीच मनमुटाव भएको थियो । उनका प्रेमी फ्ल्याटमा पुग्दा समेत भित्रबाट ढोका नखुलेपछि प्रहरीलाई खबर गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, दीजाभी सन् २०१९ मा चैन्नईका एक फोटोग्राफरविरुद्ध यौन उत्पीडनको आरोप लगाएकी थिइन् । मृतक दीजाभीको शव नजिकै कुनै प्रकारको सुसाइड नोट नभेटिएका कारण यो आत्महत्या हुनसक्ने प्रहरीको अनुमान रहेको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्