फेसबुकबाटै सुरुभएको द्वन्द्वः अल्मुताइरीले फेरि लेखे- ‘आइएम आउट, लेट द पोलिटिक्स वर्क’ – Janadesh Daily | ePaper

फेसबुकबाटै सुरुभएको द्वन्द्वः अल्मुताइरीले फेरि लेखे- ‘आइएम आउट, लेट द पोलिटिक्स वर्क’


जनादेश स्पोर्ट्स ।

नेपाली फुटबलमा देखिएको विवाद समाधान छानबिन समितिले अखिल नेपाल फुटबल संघमा देखिएको विवादको मूल जड सामाजिक सञ्जालको अत्यधिक प्रयोग हुनुसहितका कारण रहेको निष्कर्ष निकालेको छ ।

समितिले आफ्नो प्रतिवेदनको सुझाव र सिफारिस खण्डमा आपसी सम्बन्ध विस्तार हुन नसक्नु, आचार संहिताको कमिकमजोरी र उचित रूपले पालना नगर्नु, खेल क्षेत्रमा धुम्रपान र मध्यपान लगायतका क्रियाकलापलाई निरुत्साहन गर्न नसक्नुजस्ता कारणले विवाद उत्पन्न हुने गरेको उल्लेख गरेको छ ।

छानबिन समितिले आफैंलाई दोषी देखाउने गरी प्रतिवेदन सार्वजनिक गरेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने संकेत गरेका छन्।

‘आई एम आउट, लेट पोलिटिक्स वर्क्स!’, उनले सामाजिक सञ्जाल फेसबुकमा बुधबार साँझ लेखेका छन्।

यसअघि साउन दोस्रो साता अलमुताइरीले यसैगरी राजीनामाको घोषणा गरेका थिए।

उनले उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण राजीनामा दिन बाध्य भएको घोषणा गरेको समाजिक सञ्जालमा पोस्ट गरेका थिए। तर उपाध्यक्ष नेम्वाङले आफूमाथि आक्षेप लगाउने षडयन्त्र भएको प्रतिक्रिया दिएका थिए। त्यसपछि यही विवादमा छानबिन समिति बनाइएको थियो।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्