दुर्घटनामा परे हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) – Janadesh Daily | ePaper

दुर्घटनामा परे हास्य कलाकार खड्ग बहादुर पुन (खबपु)


जनादेश अपडेट ।

चर्चित हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन् । बिहिबार साँझ ७ बजे उनी स्कुटी दुर्घटनामा परेको जानकारी उनी निकट साथीहरुले दिएका छन् ।

काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएको ट्रकलाई साइड दिने क्रममा स्कुटी चिप्लिएपछि उनी दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा अनुहार, हात र खुट्टामा चोट लागेको उनका साथी नवराज थापाले बताए । खबपु दुर्घटना परेको ठाउँको बाटो सागुरो भएकोले पनि सो घटना घट्को थापाको भनाइ छ । उनको स्कुटी पनि सामान्य क्षति भएको छ ।

‘कमेडी च्याम्पियन’ सिजन १ मा उत्कृष्ट तीन भित्र पर्न सफल खबपु पछिल्लो समय फिल्म, सिरियल तथा कमेडी कार्यक्रममा निकै ब्यस्त छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्