कस्तो रह्यो पिएसजी डेब्युमा मेस्सीको खेल, टिमले निकाल्यो सहज जित – Janadesh Daily | ePaper

कस्तो रह्यो पिएसजी डेब्युमा मेस्सीको खेल, टिमले निकाल्यो सहज जित


जनादेश स्पोर्ट्स ।

लिओनेल मेस्सीले लिग वन अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबबाट डेब्यु गरेका छन्। हालै बार्सिलोना छाडेर पिएसजी पुगेका मेस्सीले आइतबार राइम्सविरुद्धको खेलबाट डेब्यु गरेका हुन्। उनी खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।

राइम्सको मैदानमा सम्पन्न खेलमा उनी ६६ औं मिनेटमा नेमारको स्थानमा पिएसजीबाट पहिलो खेल खेलेका हुन्। उनको पहिलो खेलमा पीएसजी २–० गोलअन्तरले विजयी बन्यो। क्लबको जितमा दुवै गोल एमबाप्पेले गरेका थिए।

पिएसजीले खेलको १६औं मिनेटमै अग्रता बनाएको थियो। डि मारियाको क्रसलाई एमबाप्पेले हेडरमार्फत जाली चुमाएका थिए। खेलको ६३औं मिनेटमा अक्रफ हकिमीको क्रसमा एमबाप्पेले नै दोस्रो गोल गरेका थिए। त्यसपछि दुवै क्लबबाट कुनै गोल हुन सकेन र समग्रमा पिएसजी २–० गोल अन्तरले विजयी बन्यो।

मेस्सी आउने खबरले स्टेडियम खचाखच भरिएको थियो। मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट विक्री भएको मैदानमा २० हजारको उपस्थिति रहेको थियो। पिएसजीले समग्रमा ४ खेलमा १२ अंक जोडेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्