रोनाल्डोले तोडे सर्वाधिक गोलकर्तामा अली दाईको कीर्तिमान – Janadesh Daily | ePaper

रोनाल्डोले तोडे सर्वाधिक गोलकर्तामा अली दाईको कीर्तिमान


जनादेश स्पोर्ट्स ।

पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता बनेका छन्। इरानका प्रसिद्ध फुटबल खेलाडी अली दाईको १५ वर्षदेखिको कीर्तिमान तोड्दै रोनाल्डोले कीर्तिमान आफ्नो नाममा बनाएका हुन् ।

विश्व कप छनोटको समूह ‘ए’ अन्तर्गत बुधबार राति आयरल्यान्डविरुद्ध ८९औं मिनेटमा गोल गरेसँगै रोनाल्डोले इरानी महान् खेलाडी अलीले बनाएको १ सय ९ गोलको कीर्तिमान तोडेका हुन्।

पोर्चुगलको स्टाडियो अल्गार्भमा बुधबार रातिको खेलमा रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १ सय १० गोलको कीर्तिमान बनाएका हुन्।

जुलाईमा भएको यूईएफए युरो २०२० को समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध पेनाल्टीमा गोल गर्दै ३६ वर्षीय रोनाल्डोले दाईसँग कीर्तिमान बराबर बनाएका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्