‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन – Janadesh Daily | ePaper

‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन


एजेन्सी ।

बीग बोस विजेता तथा बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । ४० वर्षका शुक्लाको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘बीग बोसल १३’को विजेता समेत बनेका सिद्धार्थले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । उनले टे ‘ब्रोकन बट ब्यूटीफूल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियलमा समेत काम गरिसकेका छन् । उनको पार्थिव शरीर पोस्टमार्टमका लागि अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्