मैत्रीपूर्ण फुटबलः भारतलाई बराबरीमा रोक्न सफल भो नेपाल – Janadesh Daily | ePaper

मैत्रीपूर्ण फुटबलः भारतलाई बराबरीमा रोक्न सफल भो नेपाल


जनादेश स्पोर्टस् ।

नेपालर भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरी भएको छ । निर्धारित समयमा दुबै टोलीले १-१ गोल गर्दै बराबरी खेलेका हुन् ।

खेलको पहिलो हाफको ३६ औ‍ँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालको अग्रता धेरैबेर टिक्न सकेन । खेलको दोस्रो हाफमा भारतले गोल गर्दै बराबरीमा ल्याएको हो ।

भारतका चिन्गेलसना सिंह कोनसामको ब्याक पासमा अन्जनले गोल गरेका थिए । तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

भारतका कप्तान सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङ बचाएका थिए। त्यहि रिबाउन्ड बलमा गोल गरेका थिए ।

बाँकी समयमा दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर पाए पनि बललाई जाली चुमाउन सकेनन् ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो खेल आइतबार हुनेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्