नक्कली प्रमाणपत्र बनाउने पक्राउ – Janadesh Daily | ePaper

नक्कली प्रमाणपत्र बनाउने पक्राउ


काठमाडौँ ।
नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनले नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली लाइसेन्स, नक्कली कागजातलगायतका विभिन्न नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ ।

केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्