खुल्यो पशुपति नाथ मन्दिर, क्षमा पूजा गरेर सर्वसाधारणका लागि खुला – Janadesh Daily | ePaper

खुल्यो पशुपति नाथ मन्दिर, क्षमा पूजा गरेर सर्वसाधारणका लागि खुला


जनादेश अपडेट ।

दोस्रो लहरको कोरोना महामारीका कारण बन्द भएको पशुपतिनाथको मन्दिर आजदेखि खुला गरिएको छ । करिब चारमहिना पछि भक्तजनका लागि मन्दिर खुला गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार क्षमापूजा गरेर आजदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरिएको हो । ‘‘मूल मन्दिर परिसर आज विहान साढे ५ बजेदेखि खुला गरिएको छ । स्वास्थ्य प्रोटोकल अनिवार्य रुपमा पालना गनुपर्ने छ । अहिले कोरोना संक्रमण फैलने जोखिम कायमै रहेकाले दिउँसो १ बजेसम्म मात्रै मन्दिर खुला गरिनेछ,” उनले भने ।

कोषका अनुसार एकपटकमा २५ जनाभन्दा धेरै भक्तजनलाई मन्दिर प्रवेश गराइने छैन । यसका लागि कोषले एउटा ढोकाबाट प्रवेश गर्ने र अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्