इङ्लिस प्रिमियर लिगमा रोनाल्डोको शानदार कमब्याक, डेब्यू खेलमै दुई गोल – Janadesh Daily | ePaper

इङ्लिस प्रिमियर लिगमा रोनाल्डोको शानदार कमब्याक, डेब्यू खेलमै दुई गोल


जनादेश स्पोर्ट्स ।

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इङ्लिस प्रिमियर लिग फुटबलमा शानदार कमब्याक गरेका छन् । उनले डेब्यू खेलमै दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित हात पारेको छ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा शनिबार न्युकासल युनाइटेडविरुद्ध भएको खेलमा युनाइटेडले ४–१ को जित हात पारेको हो।

युनाइटेडका लागि रोनाल्डोले दुवै हाफमा एक/एक गोल गरेका थिए। रोनाल्डोले पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए।

मेसन ग्रिनवुडको प्रहार गोलरक्षक फ्रेडी वुडम्यानले रोकेपछि आएको रिबाउन्डमा रोनाल्डोले सहजै गोल गरेका थिए।

५६औं मिनेटमा पाहुना टोलीले खेल बराबरीमा ल्यायो। काउन्टर अट्याकमा जाभिएर मान्किलोले गोल गरे। एलन सेन्ट माक्सिमिनको पासलाई उनले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए।

त्यसको ६ मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे। लुक शाको पासमा रोनाल्डोले पेनाल्टी क्षेत्रभित्र गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो।

८०औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। पउल पोग्बाले दिएको पासलाई नियन्त्रणमा लिँदै डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

इन्ज्युरी समयको दोस्रो मिनेटमा जेसे लिंगार्डले पोग्बाको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै युनाइटेडलाई ४–१ को जित दिलाए।

 

जितसँगै युनाइटेड ४ खेलमा १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। न्युकासल ४ खेलमा जम्मा १ अंकसाथ पुछारबाट दोस्रो स्थानमा छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्