प्रतिस्थापन बजेटमा आत्मनिर्भर बनाउन राखेको बुँदाले स्टिल उद्योगी विभाजित – Janadesh Daily | ePaper

प्रतिस्थापन बजेटमा आत्मनिर्भर बनाउन राखेको बुँदाले स्टिल उद्योगी विभाजित


जनादेश वाच ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभा बैठकमा पेस गरेको बजेट प्रतिस्थापन विधेयकपछि नेपालमा डण्डी उत्पादन गर्दै आएका उद्योगीहरु विभाजित भएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक ( प्रतिस्थापन) मार्फत स्टिल बिलेटबाट डण्डी बनाउने उद्योगको लागि अन्तशुल्क बढाएका छन् । तर स्पञ्ज आइरन आयात गर्दा लाग्ने अन्तशुल्क र भन्सार दर भने शुन्य बनाएका छन् । यसअघि स्पन्ज आइरन र स्टिल बिलेटमा समान ४.७५ प्रतिशत भन्सार रहेको थियो ।

अर्थमन्त्री शर्माले बिलेटमा प्रतिमेट्रिक टन १६५० रहेको अन्तशुल्क बढाएर २५ सय पुर्‍याएका छन् ।

सरकारले करको दरमा परिमार्जन गरेसँगै अहिले डण्डी उत्पादन गर्ने उद्योगीहरु दुई भागमा बाँडिएका छन् ।

हाल नेपालमा ३० वटा फलामे छड उत्पादन गर्ने उद्योग रहेका छन् । जसमध्ये ६ वटा उद्योगले स्पञ्ज आइरनबाट नै बिलेट र छड बनाउँदै आएका छन् । यसबाहेक २४ वटा उद्योग भने भारतबाट आयात हुने स्टिल बिलेटमा निर्भर छन् ।

स्पन्ज आइरन आयात गरेर बिलेट र छड उत्पादन गर्दै आएका उद्योगीहरुले सरकारको कदम स्वागतयोग्य भएको बताएका छन् ।

तर बिलेट आयात गरेर छड बनाउँदै आएका उद्योगले भने यसको आलोचना गर्दै सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरे ।

उनीहरुले आयातित सामानको भन्सार छुटाउने कार्य र उद्योगबाट उत्पादित फलाम छडको बिक्री वितरण कार्यसमेत रोक्ने घोषणा गरेका छन् ।

हाल नेपालमा ६ वटा उद्योगले स्पन्ज आइरन आयात गरेर त्यसलाई प्रशोधन गरी स्टिल बिलेट र डण्डी उत्पादन गर्दै आएका छन् ।

विशेष गरेर सर्वोत्तम, जगदम्बा, अम्बे पशुपति आइरनलगायतका उद्योगले भने स्पन्ज आइरन आयात गरेर त्यसबाट स्टिल बिलेट र डण्डी बनाउँदै आएका छन् । बाँकी २४ उद्योगले भारतबाट बिलेट आयात गरेर डण्डी बनाउँदै आएका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्