एमाले हेरेको हेर्‍यै, विरोधकैबीच विनियोजन विधेयक पारित – Janadesh Daily | ePaper

एमाले हेरेको हेर्‍यै, विरोधकैबीच विनियोजन विधेयक पारित


जनादेश, काठमाडौँ ।
संसद बैठक असोज ४ गतेसम्म स्थगित प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको छ। सभामुख अग्नि सापकोटाले एमालेको अवरोधकै बीच विनियोजन विधेयक, २०७८ निर्णयार्थ पेस गरेका थिए।
संसद बैठक सुरु भए लगत्तै सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएका थिए। कारवाही सुरु भएलगत्तै एमाले सांसदहरु प्रतिनिधि सभा अवरोधका लागि वेल घेर्न पुगेका थिए। प्रतिनिधि सभाले शोक प्रस्तावसमेत पारित गरेको छ। मानबहादुर महतो र रुक्मशमशेर राणाको शोक प्रस्ताव पनि प्रतिनिधि सभा बैठकले पारित गरेको छ। कार्यसूचीमा रहेका दुई प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।
मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको हो । विधेयक पारित गरेर बैठक स्थगित गरेपछि विपक्षी एमालेको विरोध निरर्थक सावित भएको छ ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्