किन बोलाए प्रचण्डले स्थायी समिति बैठक ? यस्तो छ सम्भावित एजेण्डा – Janadesh Daily | ePaper

किन बोलाए प्रचण्डले स्थायी समिति बैठक ? यस्तो छ सम्भावित एजेण्डा


जनादेश, काठमाडौँ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध नारावाजी लगाउदै बैठक अबरुद्ध गरेको विषयमा के गर्ने भन्ने बारेमा छलफल हुनेछ ।

सर्वदलीय बैठक समेत बहिष्कार गर्ने प्रतिपक्ष एमालेले सभामुख विरुद्ध गरेको नारावाजी र संसद अवरोधको विषयमा छलफल गरेर पहल गर्ने स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । त्यस्तै बैठकमा सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने जनाएको छ । सरकारमा पार्टीको तर्फबाट २ जनामात्रै मन्त्री सहभागी भएका छन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटको विषयमा समेत स्थायी समिति सदस्यलाइ जानकारी गराउने तयारी छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्