क्यामरुनमा भिडन्तमा नौ जना सैनिक र चार पृथकतावादीको मृत्यु – Janadesh Daily | ePaper

क्यामरुनमा भिडन्तमा नौ जना सैनिक र चार पृथकतावादीको मृत्यु


याउन्दे ।

क्यामरुनको एंगोलोफोनमा भएका पछिल्ला भिडन्तहरुमा परी कम्तीमा पनि नौ जना सैनिकको ज्यान गएको सेनाले जानकारी दिएको छ । साथै ती भिडन्तहरुमा परेर चार जना पृथकतावादी पनि मारिएका छन् ।

प्राप्त समाचारअनुसार यहाँका पृथकतावादीहरुले पछिल्लो हप्ता गरेको आक्रमण र त्यसमा सेनाले गरेको कारबाहीका क्रममा उनीहरु मारिएका छन् ।

उक्त एंगोलोफोनमा यहाँका पृथकतावादीहरुले पछिल्लो चार वर्षयता हिंसात्मक विद्रोह गरिरहेका छन् । सो क्षेत्रमा यहाँको सेनाले पनि कारबाहीको प्रक्रिया जारी राखेको बताइएको छ । उनीहरुले यहाँ अलग्गै राज्यको माग राखेर पृथकतावादी आन्दोलन चलाइरहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्