ओलीलाई अर्को झट्का, एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने फैसला – Janadesh Daily | ePaper

ओलीलाई अर्को झट्का, एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने फैसला


जनादेश, काठमाडौं ।

नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् ।

सर्वोच्च अदालतले एमालेका सांसद पाण्डे र भट्टले नेकपा (एकिकृत समाजवादी) रोजे कुनै कारबाही नगर्न अन्तरिम आदेश गरेको हो ।

निर्वाचन आयोगले उनीहरूलाई समाजवादीको सांसद कायम गर्न मानेको थिएन। त्यसविरूद्ध उनीहरूले सर्वोच्च अदालतमा दिएको रिटमाथि न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलासले समाजवादीमा आवद्ध हुन दिन अन्तरिम आदेश दिएको हो। उनीहरू दुबैले आफूमाथि एमालेले दलत्यागको कारबाही गर्न सक्ने भन्दै त्यसलाई रोक्न पनि माग गरेका थिए।

सर्वोच्चले भने उनीहरू दुवैलाई एकिकृत समाजवादीमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै कामकारही नगर्न नगराउनु भनि अन्तिम आदेश जारी गरेको हो।

निवेदकहरू पाण्डे र भट्टले नेकपा (एकिकृत समाजवादी) दलमा आवद्ध हुने गरी भदौ ८ गते प्रत्यर्थी निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरूको सो दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै कामकारबाही नगर्नु नगराउनु भनि प्रस्तुत निवेदन अन्तिम किनारा नलागेसम्मका लागि प्रत्यर्थीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ, उक्त इजलासको आदेशमा उल्लेख छ।

यससँगै संघीय एकीकृत समाजवादीको सांसद संख्या बढेको छ । प्रतिनिधिसभामा एकीकृत समाजवादीको सांसद संख्या २३ पुगेको छ भने राष्ट्रियसभामा ८ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्