नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा महतो – Janadesh Daily | ePaper

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा महतो


जनकपुरधाम  ।

नेकपा (एकीकृत समाजवादी) प्रदेश नं २ संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरिएको छ ।

सोमबार प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महतोलाई चयन गरेको हो । उक्त पार्टीको उपनेता र सचेतक भने चयन हुन बाँकी छ ।

संसदीय दलको विधान सङ्घीय संसद्मा पार्टीले बनाएको विधान नै प्रदेशसभामा संशोधन गरिने नेता महतोले बताउनुभयो । प्रदेश नं २ मा नेकपा एमालेका २१ सदस्यमध्ये १३ सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

यसअघि नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै थिए । उहाँ नेकपा एकीकृत समाजवादीमा पुगेपछि एमालेले संसदीय दलको नेता चयन गरेको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्