मोडर्ना र फाइजर खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति – Janadesh Daily | ePaper

मोडर्ना र फाइजर खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति


जनादेश अपडेट ।

औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धको मोडर्ना र फाइजर खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। यी दुई खोपलाई बुधबार आपतकालीन प्रयोगको लागि अनुमति दिएको विभागले जनाएको छ।

सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि यी खोप लगाउने योजना बनाएको छ। जसका लागि खोप खरीद सम्झौता समेत भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

६० लाख डोज फाइजर २०२२ को जनवरी र ४० लाख डोज मोडर्ना मार्चसम्ममा नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले जनाएको छ। सरकारले फाइजर ६० लाख र ४० लाख मोडर्ना खोप खरिद गर्ने सम्झौता गरिसकेको छ।

 

फाइजरका लागि माइनस ६० देखि ८० (अल्ट्रा कोल्ड चेन) डिग्री तापक्रम र मोडर्नाका लागि माइनस १५ देखि २० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्