गर्जिए चिनियाँ राष्ट्रपति सीः बाह्य हस्तक्षेप स्वीकार्य छैन, शसक्त प्रतिकार गर्न आह्वन – Janadesh Daily | ePaper

गर्जिए चिनियाँ राष्ट्रपति सीः बाह्य हस्तक्षेप स्वीकार्य छैन, शसक्त प्रतिकार गर्न आह्वन


चिनियाँ राष्ट्रपति सि चिनफीङले आफ्नो क्षेत्रमा हुने बाह्य हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन् । एशिया प्यासिफीक क्षेत्रमा बेइजीङको बढ्दो प्रभाव रोक्न अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको नयाँ सुरक्षा सम्झौताप्रति फ्रान्सले गम्भिर असन्तुष्टि जनाएको बेला चिनियाँ राष्ट्रपति सिले पनि कडा चेतावनी दिएका हुन् । अष्ट्रेलियाले अमेरिकी आणविक क्षमतायुक्त पनडुब्बी विकास गर्न पाउने ओकस सम्झौताप्रति क्रुद्ध बनेका सिले चीनले दाबी गरेको विवादित क्षेत्रको जल र हवाई नियम सुरक्षा गर्न प्रतिबद्ध रहेको बताए । साङघाई कोअपरेशन अर्गानाइजेसन एससिओलाई सम्बोधन गर्नु अघि बोल्दै सिले बाह्य हस्तक्षेपको शसक्त प्रतिकार गर्न एशिया प्यासिफिक क्षेत्रका राष्ट्र प्रमूखलाई आग्रह गरेका छन् ।

उनले एशिया प्यासिफिक क्षेत्रको भविष्य र विकास आफ्नै हातमा रहेको भन्दै यस्तो आग्रह गरेका हुन् । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच सुरक्षा र रक्षा साझेदारितामा सहकार्य र अष्ट्रेलियालाई अमेरिकाबाट आणविक क्षमतायुक्त पनडुब्बी खरिद र विकासमा सहयोग गर्ने गरी भएको ओकस सम्झौतापछि सिको टिप्पणी आएको हो । चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले अष्ट्रेलियालाई अमेरिकी कठपुतलीको संज्ञा दिदै त्यसले अमेरिकाको शितकालिन युद्धको मानसिकतालाई पक्षपोषण गरेको बताएको छ । आफ्नो क्षेत्रमा अष्ट्रेलियाले सैन्य उपस्थिति बढाए गम्भिर परिणाम भोग्नुपर्ने चेतवानी दिइएको छ ।

उता अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सवै मुलुकले आफ्नो राष्ट्रिय चासो र सुरक्षा व्यावस्थापनमा निर्णय गर्ने अधिकार रहेको र त्यहि अुनसार अष्ट्रेलिया अघि बढेको दाबी गरेका छन् । उनले चीनको आणविक सबमरिन क्षमता र बढ्दो सैन्य लगानीप्रति अष्ट्रेलिया सचेत रहेको बताउदै अन्तर्राष्ट्रिय जल क्षेत्र र आकास अन्तर्राष्ट्रियस्तरमा सवैको चासो र त्यसमा सवैको समान कानूनी हैसियत हुने बताए । ओकस सम्झौताका कारण अष्ट्रेलियाले फ्रान्ससँग अर्बौ डलरको आणविक पनडुब्बी खरिद गर्ने सम्झौता रद्ध गरेपछि फ्रान्स आक्रोसित बनेको छ । फ्रान्सले सम्झौताप्रति गम्भिर असन्तुष्टि जनाउदै अमेरिका र बेलायतमा रहेका आफ्ना दूतलाई फिर्ता समेत बोलाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्