अफगानिस्तानमा महिलाहरु फेरि शिक्षाबाट बन्चित हुने तालिबानको संकेत – Janadesh Daily | ePaper

अफगानिस्तानमा महिलाहरु फेरि शिक्षाबाट बन्चित हुने तालिबानको संकेत


जनादेश, काठमाडौं ।

तालिबानले छात्रा वा महिलाको नाम नलिकन छात्र र पुरुष शिक्षकहरुको उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन दिएपछि छात्राहरु माध्यमिक शिक्षा पढ्ने अवसरबाट बन्चित हुने भएका हुन् ।

गत अगष्ट १५ तारिखमा सत्ता कब्जा गरेलगत्तै तालिबानले महिला अधिकारमा प्रतिबद्धता रहेको जनाएको थियो । तर नयाँ अन्तरिम सरकार पनि महिलाविहिन तथा पुुरुष शिक्षक र छात्रको उपस्थितिमा मात्र माध्यमिक विद्यालय सञ्चालन गर्न निर्देशनपछि तालिबानको प्रतिबद्धतामा आशंका पैदा भएको छ ।

माध्यमिक विद्यालयमा प्रायजसो १३ देखि १८ वर्ष उमेरका विद्यार्थी हुन्छन । यस अघि नयाँ सरकारले महिला र पुरुषका लागि पठनपाठन हुने कक्षा अलग अलग हुने गरी नयाँ शिक्षा नीति घोषणा गरेको थियो ।

तालिबानको पछिल्लो विज्ञप्तीसँगै अफगानिस्तानमा तालिबानको पुरानो निर्दयी शासनको पुनरागमन हुने संकेत देखिएको छ ।

तालिबानले सन् १९ सय ९६ देखि २ हजार १ सम्म शासन गर्दा शिक्षा, खेलकूद लगायत बाहिरी गतिविधीमा महिलालाई रोक लगाउनुका साथै कडा नियम लागू गरेको थियो । यसैबीच तालिबानले महिला मन्त्रालय हटाएर कडा धार्मिक मान्यता कार्यान्वन गराउने गरी पुरानो सदाचार र दुष्कर्म मन्त्रालय ब्यूताएको छ ।

उक्त मन्त्रालय मार्फत इस्लामिक धार्मिक कानून अर्थात शरिया कार्यान्वन गर्न सडकमा नैतिक प्रहरी परिचालन हुने छन् । पुरुष शिक्षक र छात्रलाई मात्र विद्यार्थीमा विद्यालय आउन तालिबानले उर्दी जारी गरेपछि छात्रा र महिला विद्यार्थीहरु आफ्नो भविष्य अन्धकार बन्ने भन्दै चिन्तित बनेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्