विहानैदेखि देशभर बदली, काठमाडौं र यी २ प्रदेशमा हुने छ भारी वर्षा – Janadesh Daily | ePaper

विहानैदेखि देशभर बदली, काठमाडौं र यी २ प्रदेशमा हुने छ भारी वर्षा


जनादेश वेदर ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । तराई भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताएकी छिन् । “आज काठमाडौंमा केही समय मौसम खुले पनि अपराह्नपछि पानी पर्नेछ,” मौसमविद् शाक्य भन्छिन्, “काठमाडौंमा भारी वर्षाको भने सम्भावना छैन ।”

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

काठमाडौं आज राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन मौसमविद् शाक्यको आग्रह छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्