ओरालो लाग्यो सुनको मूल्य – Janadesh Daily | ePaper

ओरालो लाग्यो सुनको मूल्य


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य रु दुई सयले घटेको छ । छापावाल सुन आइतबार रु ८९ हजार एक सयमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार नौ सय तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ । तेजाबी सुन आइतबार रु ८८ हजार ६ सय ५०मा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १५ले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १३५ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला रु एक हजार १५० थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्