सेयर बजारमा ११४ अंकको पहिरो, सबै समूह राताम्मे – Janadesh Daily | ePaper

सेयर बजारमा ११४ अंकको पहिरो, सबै समूह राताम्मे


सोमबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से एक सय १४ अङ्कले घटेर दुई हजार ६ सय ९८ विन्दुमा झरेको हो । आज बैँकिङ ५१, विकास बैंक ३३२, फाइनान्स २२९, होटल तथा पर्यटन १५८, जलविद्युत २२०, लगानी ५, जीवन बीमा ८००, निर्जीवन बीमा ६१४, माइक्रोफाइनान्स १६२, उत्पादन ९१, अन्य ७० र ब्यापार समूह १५६ अंकले घटेका छन् ।

त्यस्तै, आज चार कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य ९.९ प्रतिशतले बढेको छ। हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ९८९ रुपैयाँ कायम भएको छ। डिप्रोक्स लघुवित्तको मूल्य २ प्रतिशतले बढेको छ। लक्ष्मी र नयाँ सारथी लघुवित्तको मूल्य पनि सामान्य बढेको छ।

आज एक करोड ७३ लाख कित्ता शेयर आठ अर्ब ४९ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ४० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्