लगातार घटेको नेप्से आज १३ अंकले बढ्यो, ७ अर्बकाे काराेबार – Janadesh Daily | ePaper

लगातार घटेको नेप्से आज १३ अंकले बढ्यो, ७ अर्बकाे काराेबार


काठमाडौँ ।

मंगलबार सेयर बजारको परिसूचक नेप्से बढेको छ। नेप्से आज १३ दशमलव ८३ अङ्कले बढेर दुई हजार सात सय १२ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।

आज बैंकिङ ३, होटल तथा पर्यटन ७६, विकास बैंक २७, जलविद्युत २२, निर्जीवन बीमा ७२, अन्य १३, माइक्रोफाइनान्स १४, जीवन बीमा १९९ र लगानी समूह १ अंकले बढेका छन् । त्यस्तै, ब्यापार ५०, फाइनान्स १८ र उत्पादन समूह १९ अंकले घटेका छन् । आज दुई सय २३ कम्पनीको एक करोड ५३ लाख कित्ता शेयर सात अर्ब ३६ करोड ४७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको २५ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । एक्सेल विकास बैंक र जानकी फाइनान्सको शेयर भने साढे तीन प्रतिशतले घटेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्