ओलीको रिटमा सर्वोच्चको सुरुवाती सुनुवाइ, सभामुखको निर्णय सक्कल फाइल मगाइयो – Janadesh Daily | ePaper

ओलीको रिटमा सर्वोच्चको सुरुवाती सुनुवाइ, सभामुखको निर्णय सक्कल फाइल मगाइयो


जनादेश, काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदमाथिको कारबाही नभएको र माधव नेपालकाे नयाँ पार्टी दर्ताविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल मागेको छ।

सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्दाका सक्कल कागजात माग गरेको हो। एमाले अध्यक्ष ओलीले उक्त पार्टी खारेजीको माग गर्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले आयोगले दल दर्ता गर्दाका भदौ ९ गते भएको निर्णयसम्बन्धी सक्कल फाइल झिकाउन आदेश दिएको हो।

यस्तै १४ सांसदलाई कारबाही नगर्ने गरी भएको सभामुखको भदौ १३ गतेको निर्णय पनि संसद सचिवालयबाट झिकाउन आदेश दिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्