कुलमानको मुद्दामा आएन अन्तरिम आदेश, त्यसको अर्थ के ! – Janadesh Daily | ePaper

कुलमानको मुद्दामा आएन अन्तरिम आदेश, त्यसको अर्थ के !


जनादेश, काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

विद्युत प्राधिकरणका त्तकालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दर्ता गराएको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले अन्तरिम आदेश दिन अस्विकार गरको हो। निर्देशक शाक्यलाई साउन २७ उर्जा आयोगको सचिव सरहको पूर्ण सदस्य नियुक्त गर्दैं उनको उनको ठाउँमा घिषिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । त्यसपछि आफूलाई हटाउने निर्णय गैरकानुनी भएको दाबी गर्दै शाक्य ३२ साउनमा सर्वोच्च मुद्धा दर्ता गराएका थिए ।

शाक्यले मन्त्रिपरिषद् निर्णय कार्यान्वयन नगर्न र घिसिङलाई कार्यकारी निर्देशकको पदमा काम गर्न नदिन अन्तरिम आदेश मागेका थिए । सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेसंगै मुद्दाको टुंगो नलागेसम्म कार्यकारी निर्देशक कुलमानलाई काम गरिरहने बाटो खुलेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्