इन्डियन प्रिमियर लिग क्रिकेटः पन्जाबले जितिसकेको खेल गुमायो, राजस्थान विजयी – Janadesh Daily | ePaper

इन्डियन प्रिमियर लिग क्रिकेटः पन्जाबले जितिसकेको खेल गुमायो, राजस्थान विजयी


जनादेश स्पोर्ट्स ।

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सविरुद्ध रोमान्चक जित हात पारेको छ। दुबईमा मंगलबार राति सम्पन्न खेलमा राजस्थानले पन्जाबलाई २ रनले हराएको हो।

राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो । तर, राजस्थानका बलर कार्तिक त्यागीले अन्तिम ओभरमा १ रन खर्चिएर २ विकेट लिएपछि पन्जाब पराजित बन्यो।

पन्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय पारी खेले भने केएल राहुलले ४९ रन बनाए। यस्तै निकोलस पुरनले ३२ रन जोड्दा एडिन मार्क्रमले अविजित २६ रन बनाए।

राजस्थानका कार्तिकले २ तथा चेतन साकरिया र राहुल टेवाटियाले एक/एक विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो। राजस्थानका याशभी जैसवालले ४९ जोड्दा महिपाल लोम्रोरले ४३ रन बनाएका थिए।

यस्तै इभिन लेविसले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले २५ रनमा आउट भएका थिए।पन्जाबका अर्शदीप सिंहले ५ विकेट लिएका थिए। मोहमद सामीले ३ विकेट लिए।

जितसँगै ८ खेलबाट ८ अंक जोडेको राजस्थान पाँचौं स्थानमा रहेको छ भने सातौं स्थानको पन्जाबले ९ खेलबाट ६ अंकमात्र जोडेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्