कृषक प्रोत्साहन अनुदान कार्यक्रम सुरु – Janadesh Daily | ePaper

कृषक प्रोत्साहन अनुदान कार्यक्रम सुरु


हेटौँडा ।

मकवानपुरगढी गाउँपालिकाले कृषि विकास कार्यक्रम अन्तर्गत तरकारी तथा फलफूल बजारीकरण गर्न ‘ कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ सुरुआत गरेको छ ।

गाउँपालिकाले गाँफपालिकास्थित सहकारीमार्फत बजारीकरणको सुरु गरेको हो । गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले किसानबाट सङ्कलित गोलभेँडा खरिद गरी सो कार्यको शुभारम्भ गर्नुभयो । अनुदानले स्थानीय किसानको कुषि उपज बजारिकरणमा सहजता हुने उहाँको भनाइ छ ।

मकवानपुरगढी कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले सहकारीमार्फत खाद्यन्न खरिद बिक्री गत आवबाट सुरुआत गरिएकामा चालू आवमा तरकारी तथा फलफूलमासमेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम सुरु गरिएकोे जानकारी दिनुभयो । यस कार्यक्रमले स्थानीय किसानलाई खेती गर्न हौसला मिलेको उहाँको भनाइ छ ।

गाउँपालिकामा यसवर्ष अनाज, तरकारी तथा फलफूल बजारीकरणका लागि सात सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले आजबाट नै सङ्कलन र बजारीकरणको काम थालिसकेका छन् ।

धमिले सहकारी संस्था लिमिटेकका अध्यक्ष नवराज सञ्जेलले गाउँपालिकाको यस कार्यक्रमले विपन्न किसानले जीवनस्तर माथि उठेको बताउनुभयो ।

यस कार्यक्रममले सहकारी र किसान दुबैतर्फ कार्य प्रोत्साहन गरेको अध्यक्ष सञ्जेलको भनाइ छ । गाउँपालिकाले किसान क्रेडिटकार्ड लगायतका विभिन्न नमूना काम ल्याएको छ ।

कृषक कृष्णप्रसाद तिमल्सिनाले गाउँपालिकाले दिएको सहुलिएत ऋणबाट भैँसी खरिद गरेको जानकारीदिनुभयो । अर्का कृषक राजु ढकालले पनि उन्नत जातका गाईपालनका साथै तरकारीखेती गरिरहनुभएको छ ।

दूध र तरकारी बेचेर उहाँको परिवारको गुजारा मात्र चल्दैन केही बचत पनि हुने गरेको उहाँको भनाइ छ । यसैगरी किसान सूर्यमाया रुम्बाले पनि गाउँपालिकाको कार्यक्रमबाट किसान क्रेडिटकार्ड पाएर पशुपालनलाई मुख्य पेशा बनाउँदै आउनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्