राष्ट्रसंघको महासभामा सहभागी भएपछि ब्राजिलका स्वास्थ्य मन्त्री सङ्क्रमित – Janadesh Daily | ePaper

राष्ट्रसंघको महासभामा सहभागी भएपछि ब्राजिलका स्वास्थ्य मन्त्री सङ्क्रमित


ब्राजिलिया ।

ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वैरोगा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि उहाँलाई सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।

राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको टोली अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको हो ।टोलीमा सहभागी अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको, तर सङ्क्रमण नदेखिएको अधिकारीहरुले जनाएका छन ।

ब्राजिल सरकारले जारी गरेको वक्तव्यका अनुसार अहिले सङ्क्रमित हुनुभएका स्वास्थ्य मन्त्री क्वैरोगाले कोरोना भाइरसविरुद्धको खोप पनि लगाउनु भएको थियो । राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएका मध्ये सङ्क्रमित हुनेमा उहाँ दोस्रो व्यक्ति हुनुभएको छ ।

सङ्क्रमित ५५ बर्षीय स्वास्थ्यमन्त्री क्वैरोगा न्युयोर्कमै आइसोलेसनमा बस्नु भएको समाचारमा जनाइएको छ । तर टोलीमा सहभागी भएर पनि सङ्क्रमण पुष्टि नभएका अन्य भने ब्राजिल फर्किसकेका छन् ।

राष्ट्रपति बोल्सोनारो यात्राका क्रममा मास्क बिना देखिनु भएको र उहाँले अहिलेसम्म खोप पनि लगाउनु भएको अधिकारीहरुले जनाएका छन् ।

स्वास्थ्यमन्त्री क्वैरोगासँगै रहनु भएका बोल्सोनारोले महासभाका क्रममा अन्य देशका शिर्ष नेताहरुसँग पनि भेटवार्ता गर्नु भएको थियो । तर अहिलेसम्म पनि उनीहरुलाई सङ्क्रमण भएको जानकारी नआएको वक्तव्यमा उल्लेख गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्