गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट, यसरी भयो खुलासा (भिडियोसहित) – Janadesh Daily | ePaper

गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट, यसरी भयो खुलासा (भिडियोसहित)


जनादेश वाच ।

गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन्। गायिका जोशीले खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्।

त्यो भिडिओ अहिले टिकटकमा भाइरल भइरहेको छ। इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम खुलाएकी थिइनन्। अहिले इन्गेजमेन्ट गरेको कुरा पनि उनी आफैंले भने औपचारिक रूपमा सार्वजिनक गरेकी होइनन्।

उनीहरूले इन्गेजमेन्ट गरेको भिडिओ क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा राखेपछि वास्तविकता सार्वजनिक भएको हो।

क्याप्टेन थापाले भिडिओको क्याम्पसनमा लेखेका छन्, ‘दुवै जनालाई उज्वल भविष्यको कामना!’

हेर्नुस् भिडियोः

@captbibek“Wish you both happy life ahead” @indirajoshi99 ##engagementceremony ##tiktoknepal ##foryoupage ##captbibek ##lifeisbeautiful ##bestofluck ##fypシ ##khumbu

♬ original sound – ⊙☂🐞ξ®¡×👅

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्